कुवेतमा विषाक्त रक्सी खाने थप २ नेपालीको मृत्यु

santan ads

कुवेतमा रहेको नेपाली दूतावासका अनुसार विषाक्त रक्सी खाएर बिरामी भई विभिन्न अस्पतालमा भर्ना भएका ४० जना नेपाली श्रमिकमध्ये थप २ जनाको मृत्यु भएको छ ।

त्यस्तै, अहिलेसम्म ११ जनाको मृत्यु भएको दूतावासले जनाएको छ ।

दूतावासले ज्यान गुमाएका नेपाली श्रमिकको शव नेपाल पठाउने विषयमा नेपाल सरकार परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर विभाग र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार बोर्डको समन्वय थालिसकेको जनाएको छ ।

अस्पतालमा भर्ना भएकामध्ये १५ जनाको आईसीयूमा उपचार भइरहेको छ । बाँकीको अवस्था सामान्य रहेको दूतावासले जनाएको छ । कुवेतको स्वास्थ्य मन्त्रालयले अहिलेसम्म नेपालीसहित २३ जना विदेशी श्रमिकको ज्यान गएको जनाएको छ ।

मिथानोलयुक्त रक्सी खाएका कारण एक सय ६० जना श्रमिक बिरामी परेका छन् । अनुसन्धानका क्रममा रक्सीमा मेथानोल नामको रसायन पाइएको बताइएको छ । कुवेतमा रोजगारीका लागि झन्डै एक लाख ६० हजार नेपाली कार्यरत छन् ।

Scroll to Top