नेपाल सामु १७८ रनको लक्ष्य

santan ads

अस्ट्रेलियामा जारी टप एन्ड टी–२० श्रृंखलामा नर्दन टेरिटोरीले नेपाललाई १७८ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

नर्दन टेरिटोरीले २० ओभरमा आठ विकेट गुमाउँदै १७७ रन बनाएको हो ।

नर्दन टेरिटोरीको निम्ति डा’आर्सी सर्टले सर्वाधिक ५१ रन बनाए । सर्टले ३४ बलमा सात चौका र एक छक्का प्रहार गरे । ३४ रन कनाएका थोमस एन्ड्रयूज अविजित रहे । जोर्डन शिल्कले १९, कोनोर क्यारोलले १८, क्याडेल मक्मोहनले १२ र ज्याक वेदराल्डले ११ रन जोडे । 

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिए । सन्दीपले चार ओभरमा ३८ रन खर्चिए । त्यसैगरी, दीपेन्द्रसिंह ऐरी, रुपेश सिंह, कप्तान रोहितकुमार पौडेल र सहाव आलमले समान एक विकेट लिए ।   

श्रंखलामा यो नेपालको पहिलो खेल हो । नेपालले खेलमा टस जित्दै फिल्डिङ रोजेको थियो । 

आईसीसी टी–२० विश्वकप छनोटको तयारीस्वरूप नेपालले विभिन्न क्लबसँग अभ्यास खेल्दै छ ।

टस जितेर फिल्डिङ रोजेको नेपालले अहिले २ विकेट खर्चेर ४ ओभरमा बनाएको छ ।

Scroll to Top