पिएनमा सांसदसँग विद्यार्थी, ‘समावेशिता र दलितको अवस्था’मा छलफल

santan ads

पोखराको पृथ्वी नारायण क्याम्पसमा “गणतन्त्रमा समावेशिता र दलितको अवस्था” विषयक छलफल कार्यक्रम सम्पन्न भएको छ ।

दलित विद्यार्थि समाज पृथ्वीनारायण क्याम्पसको आयोजनामा बुधबार पृथ्वीनारायण क्याम्पसस्थित ह्वाईट हाउसमा उक्त छलफल कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टिका प्रमुख सचेतक सन्तोष परियार प्रमुख वक्ताका रुपमा उपस्थित थिए । कार्यक्रमको सहजीकरण दलित विद्यार्थी समाज पृथ्वीनारायण क्याम्पसका अध्यक्ष अजय नेपालीले गरेका थिए ।

कार्यक्रममा प्रमुख सचेतक परियारले समाजलाई न्यायसंगत, समावेशी, समतामुलक र समुन्नत बनाउनका लागि चेतनशील युवाहरुको सक्रियता महत्वपुर्ण हुने बताए ।

उनले दलित विद्यार्थी समाजले गरेको कामको प्रशंसा गर्दै अरु संघसंस्थाहरुले पनि अनुकरण गर्नुपर्ने बताए । उनले समाज परिवर्तनका लागि दलित युवाहरु जागरुक हुनुपर्ने बताउँदै यसले न्याय सम्पादनमा कार्यकारी भुमिका खेल्ने बताए ।

सो अवसरमा सहजकर्ता नेपालीले गणतन्त्रमा समावेशिता र दलितको अवस्थाबारे प्रमुख वक्ता परियारसँग पार्टिको धारणाबारे जिज्ञासा राखेका थिए ।

दलित विद्यार्थि समाज पृथ्वीनारायण क्याम्पसका सल्लाहकार मिलन सुनारले दलित र उत्पीडित समुदायमाथी हुने विभेदका घटना निमूल पार्ने उद्देश्यले विमर्श कार्यक्रम गरिएको जानकारी दिए ।

अहिले विभेदको आधुनिकीकरण भईरहेको बताउँदै जातीय विभेदसँग सम्बन्धीत घटनाहरु न्युनिकरणका लागि दलित विद्यार्थी समाजले यसअघि देखि नै विमर्श कार्यक्रमहरु गर्दै आएको सल्लाहकार सुनारले बताए ।

कार्यक्रममा रास्वपाका संघीय सांसद शिव नेपालीसहित पोखरामा जातीय मुद्दामा काम गर्दै आएको संस्था आवाजका प्रतिनिधि, पृथ्वीनारायण क्याम्पसका राजनीतिक र गैर राजनीतिक संघसंगठनका प्रतिनिधि तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

छलफलको क्रममा राम बाबु दास, सुनिल कुमार दास, प्रकाश सुनार, शिव परियार र ईशु सुनारले जिज्ञासा राखेका थिए । कार्यक्रमको सञ्चालन सचिव आकाश विकले गरेका थिए ।

Scroll to Top