बिना दरबन्दी बन्दीपुर गापाले १२ कर्मचारीलाई ४६ लाख रुपैयाँ तलब खुवायो

santan ads

बन्दीपुर गाउँपालिकाले स्थानीय सरकार संचालन ऐन, २०७४ विपरित १२ कर्मचारी नियुक्त गरेको छ ।

ऐनको दफा ८३ ले स्थानीय तहमा अधिकार क्षेत्र र कार्यबोझको विश्लेषण गरी दरबन्दी प्रस्ताव गर्नुपर्ने व्यवस्था गरेको छ । जसअनुसार पालिकाले सिमित कर्मचारीको वर्ग छुट्याएको छ ।

सोही ऐन विपरित पालिकाले अघिल्लो आर्थिक वर्षमा १२ जना कर्मचारी नियुक्त गरेको र ४६ लाख २४ हजार ३०० रुपैयाँ खर्चिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

महालेखाको ६२ औं प्रतिवेदनमा पालिकाले दरबन्दी बाहिर राखी नियुक्त गरिएको कर्मचारी र उपलब्ध गराइएको तलब ‘नियमसम्मत नदेखिएको’ उल्लेख गरेको छ ।

पालिकाले सन्तोष ठकुरी, मन्दिया श्रेष्ठ, केशव डाँगी, वन्दना लामा गुरुङु, काशीनाथ भट्टराई, समीक्षा थापा, पार्वती नेपाली र पल्लवी सुवेदीलाई विभिन्न पद र तह सृजना गरी नियुक्त गरेको छ ।

त्यस्तै, नियुक्ती पाउनेमा भावना श्रेष्ठ, निर्मला थापा, सुनिता थापा र रमा कायस्थ रहेका छन् । उनीहरुमध्ये अहेव र स्वास्थ्यय सहायकको संख्या बढी छ ।

ऐन अनुसार नगर प्रहरी, सवारी चालक, सयश, कार्यालय सहयोगी, प्लम्बर, इलेक्ट्रिसियन, चौकीदार, माली, बगैंचेलगायत पदमा मात्र करारबाट सेवा लिन सकिने व्यवस्था छ ।

प्रतिवेदनमा उक्त रकम ‘अनियमित भएको’ उल्लेख छ ।

Scroll to Top