निमित्तबाट उपकूलपतिमा डा. खत्री, निर्देशकको कार्यकाल ‘सकारात्मक’

santan ads

करिब ३ महिनादेखि रिक्त रहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्राडा भरत खत्री नियुक्त भएका छन् ।

यसअघि प्राडा खत्री प्रतिष्ठानको निर्देशक रहेका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा प्रधानमन्त्री ओलीले मंगलबार डा. खत्रीलाई सो पदमा नियुक्त गरेका हुन् ।

यो नियुक्तिसँगै विगत तीन महिनादेखि नेतृत्वविहीन रहेको प्रतिष्ठानको गतिरोध अन्त्य भएको छ ।

७२ सालमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान भएको यससँग मातहतमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल छ । प्रतिष्ठानले चिकित्साशाष्त्रमा स्नातक र स्नातकोत्तरको पढाइ चलाइरहेको छ ।

सुरुवाती अवस्थामा ६ वटा विधामा स्नातकोत्तर कोर्स सञ्चालन सुरु गरेको थियो र अहिले १० वटा विधामा पोस्ट ग्र्याजुएट कोर्सको पढाइ सञ्चालन गरिरहेको छ ।

यस वर्षदेखि जेनेरल प्राक्टिस तथा इमरजेन्सी मेडिसिन (एमडीजीपी), साइकाइट्री र अपथाल्मोलोजी विषयमा पिजी कोर्स सुरु हुँदैछ ।

अन्डरग्राजुएट कोर्समा बिएस्सी नर्सिङ तथा बीएनएसमा ३/३ ब्याचको पढाइ चलिरहेको छ । यस शैक्षिक सत्रदेखि एमबीबीएसको पढाइ सुरु भएको छ र ५० जना विद्यार्थीहरू छन् ।

GMC STEEL IMAGE

निर्देशककारुपमा जिम्मेवारी सम्हाल्दा प्राडा खत्रीको कार्यकाल सकारात्मक रहेको अस्पतालमा रहेका चिकित्सक बताउँछन् । सर्जन डेभिड श्रेष्ठका अनुसार खत्रीको कार्यकालमा अस्पतालसँग करिब ७० करोड रुपैयाँ कोषमा जम्मा भएको

आगामी दिनमा अस्पतालमा बेड थप्ने, आइसीयूको संख्या बढाउने र क्याबिनको व्यवस्था गर्ने योजना प्राडा खत्रीको छ ।

उपकूलपतिको अन्तिम दौडमा खत्रीसँगै अर्जुन आचार्य, चण्डिका पण्डित, नारायणसिंह गुरुङ, विधाननिधि पौडेल र माया लामा रहेका थिए ।

Scroll to Top