उत्तर कोरियासँगको खेल अघि ‘वार्मअप’मा निस्कियो टिम नेपाल

santan ads

एएफसी यु–२० महिला एसियन कप छनोट प्रतियोगितामा आज नेपाल उत्तर कोरियासँग खेल्दैछ ।

खेलअघि वार्मअपमा टिम निस्किएको छ । प्रतितियोगितामा पहिलो जित हासिल गरेको नेपालले तेस्रो खेल आज उत्तर कोरियासँग खेल्ने भएको हो।

म्पुस्थित चाङ्लिमिथाङ रंगशाला जारी खेलमा भुटानसँग बराबरी तथा साउदी अरबसँग १–० को जित हासिल गरेको थियो भने उत्तर कोरियाले पहिलो खेलमा साउदी अरेबियालाई १५–० को ठुलो अन्तरले हराएको थियो भने दोस्रो खेलमा भुटानलाई १०–१ गोलले पराजित गरेर नेपालसँग भिड्न आएको हो।

नेपाल दुई खेलमा चार अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। उत्तर कोरियाले नेपालसँग बराबरी खेले मात्रै पनि एसियन कपमा छनोट हुने छ भने नेपाललाई जित्नै पर्ने दबाब रहेको छ।

खेल अपरान्ह २ बजे सुरु हुनेछ ।

Scroll to Top