मादी गाउँपालिकाका अध्यक्ष देविजङ गुरुङकी आमा रत्नमाया गुरुङको ९१ वर्षको उमेरमा निधन भएको छ ।
उनको आज पोखरा बानियाँ पथस्थित जेठा छोरा गम्भिर जङ गुरुङको निवासमा भएको हो ।
उनका छोराछोरीमा गम्भिरजङ गुरुङ, महाकाली गुरुङ, उमाकुमारी गुरुङ र मादी गाउँपालिकाका अध्यक्ष देविजङ गुरुङ हुन् ।
उनको निधनको खबरले सम्पूर्ण परिवार र मादी गाउँपालिकावासी स्तब्ध भएका छन् ।
पारिवारिक स्रोतका अनुसार, स्व। गुरुङको पार्थिव शरीरको अन्त्येष्टि भोली दिउँसो अपरान्ह पोखरा-१० स्थित बौद्ध अर्घौं सदनमा गरिने कार्यक्रम छ ।