अवैध सुनचाँदी कारोबारमा निर्मम कास्की प्रहरी: ११ करोडको गहना र ११ पक्राउ

santan ads

खरामा अवैध सुनचाँदीका गहनासहित जिल्ला प्रहरी कार्यालय कास्कीले ११ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । 


पोखरा महानगरपालिका–२,३,४,९ वडाको विभिन्न स्थानमा अवैध रुपमा सुनचाँदीको कारोवार भइरहेको सूचनामा गण्डकी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको सयुक्त टोलीले ११ जना भारतीय नागरिकलाई शुक्रबार राति पक्राउ गरेको हो । 


जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख श्याम बाबु ओलियाले पोखराको विभिन्न स्थानमा अवैध रुपमा सुनचाँदीका गहना विक्री वितरण भैरहेको सूचनापछि ‘अप्रेशन एल्लो मेटल’ नाम दिएर गरिएको अनुसन्धानका क्रममा ६केजी ४ सय ग्राम अवैध सुनसहित ११ जना भारतीय नागरिक पक्राउ परेको बताए ।

शुक्रबार हामीलाई पोखराको विभिन्न स्थानमा अवैध रुपमा सुनचाँदीको गहना विक्री वितरण भइरहेको सूचना आएको थियो, प्रमुख ओलियाले भने, ‘सूचनापछि कास्की प्रहरीले अप्रेशन एल्लो मेटल अनुसन्धान गर्दै जाँदा अवैध सुनसहित भारतीय नागरिक पक्राउ गर्न सफल भएका छौ भने एक जना फरार छन् खोजी कार्य तिव्र पारेका छौं ।’


उनका अनुसार कास्की प्रहरीले शुक्रबारको सुनचाँदी मूल्य अनुसार करिव ११ करोड मूल्य बराबरको सुनचाँदी बरामद गरेको हो । 


कास्की प्रहरीले ११ जनाको साथबाट (करिव ६केजी ४ सय ग्राम सुन )५ सय ४९ तोला ४० लाल सुन, ४ सय ४४ तोला ७३.९ लाल चाँदी, ५ लाख १४हजा ६सय ६५ रुपैयाँ नगद बरामद गरेको छ । 
पक्राउ परेका भारतीय नागरिकहरुले अनुसन्धानको क्रममा आफुहरु पेशाले कालिगढ मात्र भनेपनि उनीहरु नै व्यवसाय र कालिगढ भएको प्रहरीको दावी छ ।  

पक्राउ पर्नेमा भारत घर भई पोखरा २ मोहरिया टोलमा विगत १६ वर्षदेखि कालिगढको काम गर्दै आएका राजेन्द्र जगतापको साथबाट ११ तोला २० दशमलव ६ लाल सुन, २ सय ९६ तोला ३३ लाल चाँदी र १लाख ६० हजार ५ सय नगद, मोहरिया टोलमा विगत २० वर्षदेखि कालिगढको काम गर्दै आएका मनिक लाल आदकको साथबाट १३ तोल १७ लाल सुन, १० तोला ५५ लाल चाँदी, विन्ध्यवासिनीमा १५ वर्षदेखि कालिगढको काम गर्दै आएका सम्दिप ढापको साथबाट ३ तोला ८ लाल सुन बरामद भएको हो । 


यस्तै मोहरिया टोलमा नै विगत १६ वर्षदेखि सुनचाँदीको डिजाइनको काम गर्दै आएका सोमनाथ पालको साथबाट १२ तोला १२ दशमलव ७ लाल सुन, ९ तोला ५९ दशमलव ४ लाल चाँदी, पोखराको तेर्सापट्टीमा विगत २० वर्षदेखि सुनचाँदीको काम गर्दै आएका दिपक सामन्तको साथबाट ३८ तोला ५ लाल सुन, ३० तोला ११ लाल चाँदी, पोखरा–३ मा विगत २८ वर्षदेखि सुनचाँदीको काम गर्दै आएका गोविन्द दिण्डाको साथबाट २सय १० तोला ८९ लाल सुन, चिप्लेढुङ्गामा विगत २० वर्षदेखि बस्दै आएका असित वर ८६ तोला ८७ दशमलव १ लाल सुन र ३१ दशमलव ५ लाल चाँदीसहित पक्राउ परेका हुन् । 


यस्तै मोहरिया टोलमा विगत २४ वर्षदेखि बस्दै आएका तापस सामन्तको साथबाट २४ तोला १५ लाल सुन, भैरवटोलमा विगत १२ वर्षदेखि कालिगढको काम गर्दै आएका उञ्जल भोमिक ५ तोला ४६ दशमलव ९ लाल सुन, मोहरिया टोलमा सुनचाँदीको काम गर्दै आएका सुनिता पावरको साथबाट २ तोला ५० लाल सुन, ९३ तोला ६१ लाल चाँदी, प्रोभास माझीको साथबाट ८८ तोला ३१ लाल सुन र १ लाख ८५ हजार नगद बरामद गरेको हो । यस्तै सन्जय ढाव भने फरार छन्  । प्रहरीले उनले काम गर्ने स्थानबाट १३ तोला ५८ लाल सुन, ४ तोला २३ लाल चाँदी र १ लाख ६९ हजार १ सय ५५ रुपैयाँ नगद बरामद भएको छ । 


पक्राउ परेका उनीहरुलाई सामानसहित आवश्यक कारवाही तथा थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाउने तयारी भइरहेको कास्की प्रहरीले जनाएको छ

Scroll to Top