आजमात्रै तोलामा ३४ सयले बढ्यो सुनको भाऊ

santan ads

नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ हजार ४ सय रुपैयाँले बढेर १ लाख ९६ हजार ५ सयमा कारोबार भइरहेको छ ।

यसअघि गत शुक्रबार सुन तोलाको १ लाख ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा १५ रुपैयाँले बढेर चाँदी २ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Scroll to Top