पोखरा । पोखरामा हुँदै आएको तायाः मचा नृत्य प्रतियोगीता यसवर्ष पोखरा ३० शिशुवामा हुने भएको छ ।
नेवा:खल कास्कीको आह्वान तथा नेवाः खलः शिशुवाको संयुक्त आयोजनामा श्रावण ३१ गते शनिबार कास्की जिल्लास्तरीय तायाः मचा नृत्य प्रतियोगीता हुने पत्रकार सम्मेलनमार्फत नेवाः खलः शिशुवाले जानकारी दिएको हो ।
“कला संस्कृतिको संरक्षण, भावि पुस्तालाई हस्तान्तरण” भन्ने मुल नाराका साथ कृष्ण जन्माष्ठमीको अवसर पारेर साविक लेखनाथमा पहिलोपटक प्रतियोगीता गर्न लागिएको प्रतियोगीता मुल आयोजक समिति संयोजक अर्जुन कुमार ताम्राकारले जानकारी दिए ।
प्रतियोगीतामा महिला र पुरुषका छुट्टाछुट्टै तायाः मचा समुहहरुले प्रतिष्पर्धा गर्ने छन् ।
तायाः मचा नृत्य प्रतियोगीता २०८२ मा पुरुषतर्फ प्रथम,द्धित्तीय, तृतीय र चौँथो हुने समुहले क्रमश:१ लाख ११ हजार १ सय ११, ७७ हजार ७ सय ७७, ५५ हजार ५ सय ५५, र २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने छन् ।
संयोजक ताम्राकारका अनुसार महिलातर्फ भने प्रथम, द्धित्तीय, तृतीय र चौँथो हुनेले क्रमशः ४० हजार, ३० हजार, २५ हजार र २० हजार प्राप्त गर्ने छन् ।
यसबाहेक सहभागी जनाउने प्रत्येक टिमलाई १५ हजार रुपैयाँ प्रदान गरिने जनाईएको छ ।
प्रतियोगीताका लागि आवश्यक नीति, नियम र सर्तहरुको पालना गर्न सबै कचाः खलःहरुको सहमतीमा आवश्यक गृहकार्य भईरहेको जनाईएको छ ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखेले तायाः मचाको माध्ययमबाट पोखराको पर्यटन विकासमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
पालिखेका अनुसार गतवर्ष प्रतिष्पर्धी २८ टोली र २ टोली सहभागी गरि कुल ३० टिम रहेकोमा यसवर्ष उक्त संख्या बढेर ३५ पुगेको हो ।
कार्यक्रममा पोखरा ३० का वडा अध्यक्ष दुर्गा प्रसाद सुवेदी, वडा नं. १ का वडा अध्यक्ष सहारा प्रधान र सहसंयोजक भैरवलाल श्रेष्ठले बोलेका थिए ।
यसअघि पोखराको नयाँबजार, विन्दावासीनी लगायत स्थानहरुमा प्रतियोगीता आयोजना गरिएको थियो ।