प्रहरीले रातभर अपरेशन चलाएपछि ‘चक्रे मिलन’सहित गुण्डागर्दीको आरोपमा ४७ समातिए

santan ads

करिब ३ महिनाको अनवरत योजना र रेकीपछि बिहीबार मध्यरात काठमाण्डौं उपत्यका प्रहरी कार्यालयले काठमाण्डौं, ललितपुर र भक्तपुरका तीनै जिल्लाबाट गुण्डागर्दीको आरोपमा ४७ जना पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गुण्डागर्दीमा हिट मानिएका चक्रे मिलन (मिलन गुरुङ)समेत रहेका छन् । अपरेशन मुलतः ठमेल क्षेत्रमा केन्द्रित गरिएको थियो ।

चक्रे मिलन जन्मदिनको पार्टी मनाइरहेकाबेला पक्राउ परेका हुन् ।

‘नयाँ र पुरानो हिष्ट्रीका आधारमा चक्रेसहित ४७ जना पक्राउ गरेका छौं’ उपत्यका प्रहरीका वरिष्ठ उपरीक्षक शेखर खनालले नयाँलिपिसँग भने ‘करिब ३ महिनादेखि हामी निरन्तर योजनामा थियौं, बिहीबार राति मुभ गर्न निर्देशन दिएपछि ४७ जना समातेका हौं ।’

खनालले काठमाण्डौं प्रहरी परिसरसँग सहकार्य गरी सादा पोशाकको प्रहरीमार्फत रातभर अपरेशन गरेको जानकारी दिए ।

‘पछिल्लो समय नागरिकस्तर र व्यवसायीबाट उजुरी गुनासो आइरहेको थियो, शान्ति सुरक्षालाई ध्यानमा राखेर प्रहरीले अपरेशन गरेको हो’ खनालले भने ।

पक्राउ परेकामध्ये केहीको पुरानै हिष्ट्री रहेको र अधिकांश नयाँ समूहकासाथ गुण्डागर्दीमा उदाउन चाहेका समूह रहेको खनालको भनाई छ ।

पक्राउ परेकाहरुमाथि सुक्ष्म अनुसन्धान सुरु गरिएको र अदालतबाट म्याद थप्ने तयारीमा रहेको उनले बताएका छन् ।

Scroll to Top