SPORTS AWART

स्पोर्टस् अवार्ड भदौ २९ गते,पोमनपाको हार्दिकताका कारण हाम्रो च्वाइस पोखरा पर्र्यो :एनएसजेफ

santan ads


पोखरा ।नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने पल्सर स्पोर्टस् अवार्ड पोखरामा हुने भएको हो । एनएसजेएफले गर्दे आईरहेको पल्सर स्पोर्टस् अवार्ड राजधानी बाहिर हुन लागेको पहिलो पटक हो ।

२०६० सालदेखि निरन्तर आयोजना भइरहेको यस प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको २२ औँ संस्करण पोखरामा हुने भएको छ । अवार्ड पोखरा इभेन्ट सेन्टरमा भदौ २९ गते आयोजना हुनेछ ।

मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा नेपाली खेलकुदको दायरा फराकिलो भइरहेको अवस्थामा स्पोर्ट्स अवार्डलाई देशव्यापी फैलाउने उद्देश्यले पर्यटनको राजधानी पोखरामा अवार्ड आयोजना गर्न लागेको बताए ।

‘काठमाडौँ बाहिर लैजाने सोच केही वर्षअघिदेखि नै भइरहेको थियो । सम्भावित केही सहरसँग कुराकानी गर्ने क्रममा पोखराले भ्रमण वर्ष २०२५ मनाइरहेको र पोखरा महानगरपालिकाको हार्दिकताले हाम्रो छनोट यसपालि पल्सर स्पोर्ट्स पोखरा गर्न लागेका हौं,’ अध्यक्ष अधिकारीले भने ।

पत्रकार सम्मेलनमा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा खेलकु्दको लागि उर्वर भूमि भएको बताउदै पहिलो पटक राजधानी बाहिर कार्यक्रम गर्ने क्रममा पोखरालाई छान्नु भएकोमा आयोजकलाई धन्यवाद दिए । साथै पोखरामा हुन लागेको अवार्ड कार्यक्रममलाई सबै किसिमको सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन ।

अवार्ड अन्तरगत पल्सर स्पोर्ट्स अवार्डमा १० विधाका खेलाडी तथा खेलकर्मी पुरस्कृत हुनेछन् । वर्षका उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, वर्षका उत्कृष्ट खेलाडी युवा, वर्षका उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोर्ट्स जर्नालिस्ट र टिम अफ दी इयर अवार्ड विधा समावेश गरेका आयोाजकले पत्रकार सम्मेलन मार्फत जनाएको छ । विजेताको घोषणा अवार्डकै दिन हुनेछ ।

पिपल्स च्वाइस विधाको मनोनयनका साथै वर्ष खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस विधाको मनोनयन केही दिनमै सार्वजनिक गरिने जानकारी दिए।

वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा विधाका विजेतालाई पल्सर मोटरसाइकल प्रदान गरिनेछ भने अन्य विधाका विजेता तथा सम्मानित व्यक्तिलाई जनही एक लाख रुपैयाँ प्रदान गरिनेछ ।

पहिलो पटक राजधानीबाहिर हुने लागेको कार्यक्रमलाई सफल बनाउन खेलकुदमा कलम चलाउने पत्रकार,संचारकर्मी लगायत सबैलाई सहकार्यको लागि आयोजकले अपिल समेत गरेको छ ।

Scroll to Top