पर्वतीय दौडलाई ग्लेज नेचुरलको साथ

santan ads

पोखरा । पुम्दी–भुम्दी दोस्रो पर्वतीय दौड प्रतियोगिता २०८२ का लागि लोकप्रिय ब्रान्ड ग्लेज नेचुरल स्प्रिङ वाटरले साथ दिने भएको छ ।

आउँदो असोज ४ गते आयोजना हुने प्रतियोगितामा आवश्यक पिउने पानी उपलब्ध गराउन पोखरा नेचुरल फुड्स एण्ड वेभरेज प्रा.लि. (उत्पादक) र पोखरा क्लिक प्रा.लि. (आयोजक) बीच सम्झौता भएको हो ।

मंगलबार भएको सम्झौतामा ग्लेज वाटरका निर्देशक शरदचन्द्र बराल र पोखरा क्लिकका अध्यक्ष एवं प्रतियोगिताका संयोजक दीननाथ बरालले हस्ताक्षर गरे ।

कम्पनीका निर्देशक बरालका अनुसार ग्लेज वाटर पोखरा–१३ को प्राकृतिक मुहानको पानीबाट प्रशोधन गरिएको भएकाले यसको शुद्धता र गुणस्तरका कारण बजारमा माग उच्च रहेको छ ।

अघिल्लो संस्करणदेखि नै आधिकारिक ड्रिङ्किङ वाटरको रूपमा साथ दिएको आयोजकले बताए ।

Scroll to Top