काम खोज्न हिँडेका हायुमाथि अनर्गल अफवाह फैलाइयोः हायु समाज

santan ads

काम खोज्दै पोखरा पुगेका हायु परिवारमाथि अनर्गल प्रचार गरेर मानसम्मानमा ठेस पु¥याएको आरोप हायु समाज नेपालको छ ।

समाजले हालै पोखरामा भेटिएको हायु परिवारको बारेमा ध्यानाकर्षण भएको भन्दै हायु परिवारको अस्थायी बसाइ र श्रमसँग सम्बन्धित स्वेच्छिक निर्णयलाई पूर्वाग्राही ढंगले गलत टिप्पणी भएको बताएको छ ।

समाजले भर्खरै विज्ञप्ति जारी गरी सिन्धुलीको गोलन्जोर गाउँपालिका, छेत्पाबाट सम्पर्कविहीन भइ कास्कीको गगनगौडामा भेटिएका परिवारलाई सामाजिक सुरक्षा भत्तासँग जोडेर पूर्वाग्राहीपूर्ण गलत टिप्पणी गरेको भन्दै आपत्ति जनाएको छ ।

आधारहिन प्रचारले हायु परिवारलाई हैरानी दिएको मात्र नभई समुदायको भावना र सम्मानमाथि प्रहार भएको बताएका छन् ।

सिन्धुलीबाट सम्पर्कविहिन भएका परिवार पोखरामा सकुशल भेटिएका थिए । उनीहरुले श्रमिक कामको सिलसिलामा आफ्नो घर सिन्धुलीबाट पोखरा आएको जानकारी प्रहरीसमक्ष दिएका छन् ।

यस घटनालाई लिएर केही सञ्चार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताबाट हचुवा र आधारहीन समाचारहरु अनर्गल तरिकाले प्रसारण गरिएको भन्दै खेद प्रकट गरेका छन् ।

‘पुर्वाग्रहपूर्ण, गलत टिप्पणी सर्वथा असभ्य, अशिष्ट र विकृत मानसिकताको उपज बाहेक अरु केही हैन हाम्रो हायु समुदाय आफ्नो श्रम, इमानदारीता र आत्मसम्मानकासाथ जीवनयापन गरि आएको आदिवासी समुदाय हो, हचुवा प्रचारप्रसारले केवल यो परिवारजनलाई हैरानी मात्र होइन, समग्र समुदायको भावना र सम्मानमाथि प्रहार भएको अनुभूति हामीले गरेका छौं’’ विज्ञप्तीमा उल्लेख छ ।

समाजले यसउ परिवारको पुनःस्थापना र व्यवस्थापनका लागि स्थानीय सरकार, प्रदेश र केन्द्र सरकारसँग माग गरेका छन् ।

Scroll to Top