एजेन्सी । अमेरिकाको न्युयोर्क सिटीको एक भवनमा भएको गोलीकाण्डमा एक शंकास्पद व्याक्तिको मृत्यु भएको छ । उनको घटनास्थलमै मृत्यु भएको हो । उक्त घटनामा प्रहरीसहित धेरै घाईते भएका बीबीसीले जनाए छ ।
म्यानहाटनको मिडटाउनस्थित ३४५ पार्क एभेन्यु नजिकै ठूलो संख्यामा प्रहरीको उपस्थिति देखिएको छ । न्युयोर्क प्रहरी विभागले आम नागरिकलाई उक्त क्षेत्रबाट टाढा रहन आग्रह गरेको छ।
घटनाको विस्तृत जानकारी स्थानीय समयअनुसार राति १० बजे सार्वजनिक गरिने जनाइएको छ।
एक बीबीसी पत्रकारले भने, “मैले एउटा व्यक्तिलाई स्ट्रेचरमा लडाइएको देखेँ, उनको छातीमा पट्टी बाँधिएको थियो।”
न्युयोर्क सिटीका प्रहरी आयुक्तले स्थिति नियन्त्रणमा लिइएको र एक्लो आक्रमणकारीलाई निष्क्रिय पारिएको जनाएका छन् ।
अहिलेसम्म घटनाको कारण खुलाइएको छैन तर अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
प्रहरी स्रोतहरूले अमेरिकी सञ्चारमाध्यमलाई दिइएको जानकारी अनुसार बन्दूकधारी नेभाडाका शेन डी.तामुरा रहेका छन्। यद्यपि प्रहरीले औपचारिक रूपमा उक्त बन्दूकधारीको पहिचान भने पुष्टि भएको छैन।