पछिल्लो समय पोखराको दीपस्थित लिचिबोट जग्गा प्रकरणमा मुछिएकी नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले कार्यवाहक अध्यक्ष तोकेर पार्टीको गतिविधिका सक्रिय रहन नसक्ने बताएकी छिन् ।
श्रेष्ठले स्वास्थ्य समस्याको कारण देखाउँदै पार्टीको नेतृत्व गर्न असमर्थ भएको जानकारी दिँदै वरिष्ठ नेता शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको रूपमा तोकिएको जानकारी दिएकी हुन् ।
श्रेष्ठले पोखरा महानगरपालिका–६, कास्की निवासी बास्तोलालाई पत्रमार्फत कार्यवाहक अध्यक्षको जिम्मेवारी दिँदै, आफ्नो अनुपस्थितिमा पार्टी सञ्चालन र निर्णय प्रक्रियालाई नियमितरूपमा अघि बढाउन आग्रह गरेकी छिन् ।
‘’मेरो स्वास्थ्य अवस्था केही दिनदेखि असहज छ र पार्टी गतिविधिमा सक्रिय रहन नसक्ने भएकोले यो निर्णय गरिएको हो,’ पत्रमा लेखिएको छ ।
