चीनबाट फर्केर स्वास्थ्यमन्त्रीले भनेः –‘सबै अस्पतालमा न्यूरो उपचार केन्द्र स्थापनाको पहल गरेको छु’

santan ads

स्वास्थ्यमन्त्री प्रदिप पौडेलले चीनको राजधानी बेइजिङमा आयोजित बोआओ फोरम फर एसिया अन्तर्गतको ‘विश्व स्वास्थ्य फोरम-२०२५’ मा सम्बोधन गरेर स्वदेश फर्केको बताएका छन् ।

मन्त्री पौडेलले फोरममा गरेको सम्बोधनको सार बताउँदै नेपालको स्वास्थ्य क्षेत्रमा सघाउ पुग्ने विभिन्न पहल गरेको जानकारी दिए ।

उनले बुँदागतरुपमा जानकारी दिँदै सरकार अस्पतालमा न्यूरो उपचार केन्द्र स्थापना गर्न चीनसँग सहकार्य गर्ने बताएका छन् ।

सम्बोधनको सारः

१, जलवायु परिवर्तनले स्वास्थ्यमा पारेको प्रभाव सम्बोधन गर्न थालेको अन्तर्राष्ट्रिय प्रयास
२, नेपालले डिजिटल स्वास्थ्यमा रुपान्तरण गर्ने रणनीतिअन्तरगत नागरिकको स्वास्थ्य पहुँच वृद्धिसँगै गुणस्तरमा सुधार ल्याउन भैरहेको काम
३, नेपालका स्वास्थ्य मुद्दाहरुमा गर्न सकिने अन्तर्राष्ट्रिय सहकार्यबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी ।

साथै, चिनियाँ राष्ट्रिय रोग नियन्त्रण तथा रोकथाम प्रशासन (एनडीसीपीए)का निर्देशक शेन होङबिनसँग भेटका क्रममाः

१, हेटौंडाको भेक्टरजन्य रोग अनुसन्धान केन्द्रमा चिनियाँ सहयोग ।
२, सरकारी अस्पतालहरूमा न्यूरो उपचार केन्द्र स्थापनामा सहकार्य ।
३, द्विपक्षीय स्वास्थ्य सहकार्यका विषयमा सकारात्मक छलफललगायत ।

साथै, बेइजिङस्थित नेपाली समुदायसँगको अन्र्तक्रियाका क्रममा चीनमा प्राप्त ज्ञान र सीपबाट राष्ट्रको लागि पुर्याउन सकिने योगदानबारे छलफल गरेको जनाउँदै पौडेलले यसले नेपालको स्वास्थ्य सेवाको सुधार र विस्तारमार्फत आम नागरिकको पहुँच वृद्धि गराउने आशा व्यक्त गरेका छन् ।

Scroll to Top