डिल्लीबजार कारागारमा रहेका दुर्गा प्रसाइँले आन्दोलनकाक्रममा आफुलाई मार्ने योजना बनाएको चाल पाएपछि बाध्य भएर प्रहरीतर्फ गाडी हुइँक्याएको बताएका छन् ।
आफ्ना स्वकीय सचिवमार्फत प्रसाइँले स्वकीयमार्फत ७ पन्ने अपील सार्वजनिक गर्दै उक्त कुरा बताएका हुन् ।
गत चैत १५ गतेको राजावादी आन्दोलनका क्रममा दुर्गा प्रसाईंले प्रहरीमाथि गाडी हुइँक्याएका थिए । चैत २९ गते उनलाई भारतमा पक्राउ गरेर ल्याएयता उनी डिल्लीबजार कारागारमा थुनिएका छन् ।






