गण्डकी प्रदेशका पूर्व प्रमुख पृथ्विमान रहेनन्

santan ads

गण्डकी प्रदेशका पूर्व प्रमुख एवं प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा पृथ्वीमान गुरुङको निधन भएको छ ।

लामो समयदेखि क्यान्सर रोगसँग संघर्षरत गुरुङको चितवनको भरतपुर महानगरपालिका-२६, दिव्यनगरस्थित आफ्नै निवासमा शनिबार ७६ वर्षमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

कास्कीको ल्वाङघलेलमा २००६ सालमा जन्मेका गुरुङले चितवनलाई आफ्नो राजनीतिक कर्मभूमि बनाए ।

विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय उनी वि.सं. २०२९ सालमा नेपाली कांग्रेसमा आबद्ध भई लोकतान्त्रिक आन्दोलनमा होमिएका हुन् । पञ्चायती व्यवस्थाविरुद्धको संघर्षका क्रममा उनले करिब ३ वर्ष जेल जीवनसमेत बिताए ।

उनले लामो समय नेपाली कांग्रेस चितवनको सचिव र पछि दुई कार्यकालसम्म जिल्ला सभापतिको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरे । उनी पार्टीको केन्द्रीय सदस्यमा समेत निर्वाचित भएका भएका थिए ।

गुरुङ् २०७८ साउनदेखि २०७९ फागुनसम्म गण्डकी प्रदेशको प्रमुख रहेका थिए । उनको बिहान साढे ८ बजे मृत्यु भएको आफन्तले बताएका छन् ।

Scroll to Top