लिची बगैंचा प्रकरणमा एमाले सांसदकै प्रश्नः ‘भ्रष्टाचारी किन पदमै छन् ?’

नेकपा (एमाले)का सांसद किरणकुमार साहले सरकारले भ्रष्टाचारीको अनुहार हेर्दिन भने पनि लिची बगैँचाको जग्गा प्रकरणमा मुछिएकाहरू अझै पदमै रहेको बताएका छन्।

शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद साहले लिची बगैँचाको जमिन प्रकरणमा मुछिएका व्यक्तिहरू पदमै रहेकाले सरकारको भ्रष्टाचारीको अनुहार हेर्दिन भन्ने कुरा व्यवहारिक नदेखिएको बताएका हुन्।

‘सरकार भन्छ भ्रष्टाचारीको अनुहार हेर्दैन। सुशासनमा प्रतिवद्ध छौं। तर म प्रश्न गर्छु–भिजिट भिसा प्रकरणमा कास्कीको लिची बगैंचामा मुछिएकाहरु किन अझै पदमा छन् ? मानव बेचबिखनमा मुछिएकाहरुको किन सम्मानसहित स्वागत गरिन्छ। यो मौनता लाज हराएको शासन हो कि भ्रष्टाचारको सुरक्षित शासन हो ?,’ उनले भने।

सांसद साहल मधेसमा भीषण सुख्खा बढेको र किसान आकाश हेरेर पानीको पर्खाइमा रहेको बताए।

Scroll to Top