पोखरा । पोखरा महानगरपालिका १२ ले सामाजिक सुरक्षा भत्ता नविकरण गर्न आउने ज्येष्ठ नागरिकहरूलाई लक्षित गर्दै निशुल्क स्वास्थ्य परीक्षण सेवा सञ्चालन गरेको छ ।
वडा कार्यालयले भत्ता नविकरणका क्रममा आउने नागरिकहरूको सहुलियतका लागि प्रेसर र सुगर परीक्षण सेवा निःशुल्क रूपमा प्रदान गरिरहेको छ ।
कार्यक्रमको उद्देश्य ज्येष्ठ नागरिकहरूको स्वास्थ्य अवस्था बुझ्न सहयोग गर्नु र समयमै आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउनु रहेको वडा अध्यक्ष सन्तोष बास्तोलाले बताए ।
वडा कार्यालय परिसरमै सञ्चालित उक्त परीक्षण सेवामा हालसम्म सयौँ ज्येष्ठ नागरिकहरूले लाभ लिइसकेको वडा सचिव शारदा सापकोटाले बताईन ।
वडा सचिव सापकोटाका अनुसार, यो सेवा साउन महिनाभरि जारी रहेको बताउँ दै यस्ता किसिमका सेवाबाट वृद्धवृद्धा र सेवाग्राहीहरू सन्तुष्ट भएको प्रतिक्रिया दिईन ।
पोखरा १२ का स्वास्थ्य स्वयंसेविका संयोजक इन्दिरा पन्तले स्थानीय स्तरमा यस किसिमका साना तर प्रभावकारी कार्यक्रमहरूले समुदायमा जनस्वास्थ्यप्रति चेतना बढाउने विश्वास व्यक्त गरिन ।
सामाजिक सुरक्षा भत्ता नविकरण प्रक्रिया साउन महिनाभरि सञ्चालन हुने र सोही अवधिमा निशुल्क परीक्षण सेवा पनि निरन्तर प्रदान गरिने वडा कार्यालयले जनाएको छ ।