सिटीवान टेलिभिजनले तीज मेला गर्ने

santan ads

पोखरा । सिटीवान टेलिभिजनले आउँदो भाद्र ४ र ५ गते चौथो तीज मेला गर्ने भएको छ । मेला गण्डकी प्रज्ञा प्रतिष्ठानको सभाहलमा हुनेछ ।

कार्यक्रमा गण्डकी प्रदेश भित्रका करिव १ सय टिमको सहभागिता हुने आयोजक सिटिवान टेलिभिजनले अनुमान गरेको छ ।

यस वर्षको संस्करणमा स्कुलका विद्यार्थीहरुलाई तीज संस्कृतीका बारेमा जानकारी दिने उद्धेश्यले विद्यार्थीका समुहहरुलाई पनि प्रतियोगितामा सहभागिता गराउने लक्ष्य रहेको प्रतियोगिता संयोजक चिनु गुरुङले बताईन । ।

संस्कृतीका बारेमा जानकारी दिन र संस्कृती संरक्षणका लागि पनि यो प्रतियोगिता गर्न लागिएको गुरुङले सुनाईन ।

कार्यक्रममा जिल्ला बाहिरबाट आउने समुहलाई यातायात खर्चको व्यवस्था गरिएको टेलिभिजनका प्रवन्ध निर्देशक अनिशा श्रेष्ठले बताईन ।

कार्यक्रम सम्पन्न गर्न करिव १६ लाख ५० हजार लाग्ने अनुमान गरिएको प्रतियोगितामा प्रथम द्धितिय,तृतीय शान्त्वना हुने समुहलाई क्रमश:५० हजार,३० हजार, २० हजार र १० हजार पुरस्कार रहेको छ ।

उत्कृष्ठ शव्द, नृत्य र भेषभुसालाई समेत आर्कषक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागि समुहले तीजको सांस्कृतीक महत्व, कला, महिला हिसां, पर्यटन प्रर्बदन, सामाजिक क्षेत्र, सरसफाइ, बैदेशिक रोजगार, कृषि तथा उधमशिलता, वन तथा वातावरण, लागु पदार्थ दुब्र्यसनी विद्यार्थी र तीज जस्ता सामाजिक बिषयमा केन्द्रित रहेर प्रस्तुती दिनु पर्नेछ ।

करिब ३० लाखले टेलिभिजन तथा अन्य सामाजिक संजालबाट र १५ हजार दर्शकले प्रत्यक्ष कार्यक्रम अवलोकन गर्ने टेलिभिजनका अध्यक्ष पवन प्रजापती बताए ।

Scroll to Top