बैदाम प्रहरीको कमाण्डमा भट्टराई, प्राथमिकतामा लेकसाइडको शान्ति सुरक्षा

santan ads

वडा प्रहरी कार्याल बैदामको प्रमुखमा प्रहरी नायब उपरीक्षक (डिएसपी) नवराज भट्टराइले कमाण्ड सम्हालेका छन् ।

डिएसपी भट्टराइलाई आज सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामले स्वागत गरेको छ । स्वागत कार्यक्रममा भट्टराइले शान्ति सुरक्षा सदैव प्राथमिकतामा परेको बताए ।

बैदाम पर्यटकीय क्षेत्र रहेको भन्दै स्थानीय र पर्यटकको शान्ति सुरक्षामा प्रहरी चौबीसे घण्टा तयार रहेको भन्दै उनले लागुपदार्थ, लुटपाट र ध्वनी प्रदुषणविरुद्ध पहिलो एक्सन लिने बताए ।

प्रहरीसँगै समुदाय र सामुदाकिय सेवा केन्द्रको संयुक्त पहलले समाजमा शान्ति र अमनचयन कायम गर्न सकिने उनको धारणा छ ।

कार्यक्रममा सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामका संस्थापक अध्यक्ष मंगल नेपाली, पूर्वअध्यक्ष लक्ष्मीनारायण श्रेष्ठ, पूर्वअध्यक्ष मिना भट्टराई लगायतले भट्टराईलाई स्वागत गरेका छन् ।

Scroll to Top