न्यून गुणस्तरको चामल बेचेपछि कारवाहीमा ‘बिगमार्ट’, प्रशासनमा मुद्दा दर्ता गरिँदै

santan ads

पोखराको फुलबारीस्थित बिगमार्टले बेचेको चामल न्यून गुणस्तरको पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग पोखराले कारवाहीको प्रक्रिया सुरु गरेको छ ।

असारको तेस्रो हप्ता चामल खरिदकर्ताले घरमा लगेर हेर्दा कुहिएको पाएपछि विभागलाई खबर गरेको थियो । त्यसपश्चात् विभागले नमुना परीक्षण गर्दा न्यून गुणस्तर भएको पाइएपछि जिल्ला प्रशासन कार्याललयमा मुद्दा दर्ताको प्रक्रिया सुरु गरेको छ ।

विभागका प्रमुख नवराज दाहालले अनुसन्धान अधिकृतको राय पछि सरकारी वकिलको कार्यालयबाट तयार पारिने अभियोजनपत्र अनुसार प्रशासनमा मुद्दा दर्ता गर्ने नयाँलिपिलाई जानकारी दिए ।

‘उक्त चामल अखाद्य भएको खण्डमा अदालतमा मुद्दा चलाईने थियो’ प्रमुख दाहालले भने ‘न्यून गुणस्तर पाइएकाले प्रशासन कार्यालयमा दायर हुनेछ । र, त्यहीबाट कारवाही वा सजाय गरिनेछ ।’

मार्टमा बेचिएको चामल भारतमा उत्पादन भएको र प्याकेजिङ् राम्रोसँग नगर्दा गुणस्तर कमसल भएको उनको प्रतिक्रिया छ ।

अब खाद्य निरीक्षकको राय अनुसार सरकारी वकिलको कार्यालयले अभियोजनपत्र तयार पार्नेछ ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ को दफा ४० अनुसार यस प्रकृतिको मुद्दामा ६ महिना कैद ,३ लाख रुपैयाँ जरिवाना वा दुबै सजाय हुने व्यवस्था रहेको छ भने प्रशासन कार्यालयले उपभोक्तालाई क्षतिपुर्ति दिलाउने फैसला गर्नसक्छ ।

Scroll to Top