एउटै डोरीमा झुन्डिएको फेला परे दिदिबहिनी

santan ads

भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ सिन्टीटारमा डेरागरी बस्ने दुई किशोरी आज बिहान मृतावस्थामा फेला परेका छन् ।

स्थानीय निरज चक्रधरको दुई तले घरको भुइँ तलामा डेरागरी बस्ने सुर्खेत पञ्चपुरी नगरपालिका–८ की १७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया सिर्जना कँडेल सोही घरको प्यासेजमा एउटै डोरीले झुन्डिएर मृतावस्थामा फेला परेका हुन् ।

मेनुका र सिर्जना दिदीबहिनी भएको प्रहरी वृत्त थिमिले जनाएको छ ।

घरधनीका अनुसार दुई साताअघिमात्र ती किशोरीहरू डेरामा बस्न आएका थिए । प्रहरीका अनुसार मृतक दिदीबहिनी घरबाट भागेर आएको खुल्न आएको छ ।

Scroll to Top