राइनास नपाकी महिला नहरमा मृत फेला

santan ads

लमजुङको राईनास नगरपालिकास्थित सिंचाई नहरमा एक महिला मृत अवस्थामा फेला परेकी छन्। राईनास–३, टिमुरेकी ४२ वर्षीया सिता नेपालीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय लमजुङले जानकारी दिएको छ ।

राईनास नगरपालिका–६, मेजरगाउँस्थित राईनसटार सिंचाई नहरमा मंगलबार बिहान उनको शव पानीमा घोप्टो परेको अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

घटनास्थलको मुचुल्का उठाएर शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल, लमजुङ पठाइएको प्रहरीले जानकारी दिएको छ । उनले पोस्टमार्टम रिपोर्ट आएपछि मृत्युको कारण खुल्ने र सोहीअनुसार थप अनुसन्धान अगाडि बढाइने प्रहरीको भनाइ छ ।

Scroll to Top