पोखरा । डेंगु रोगको जोखिम बढिरहेको वर्तमान समयमा पोखरा महानगरपालिका १२ र नेपाल रेडक्रस सोसाइटी वडा १२ उपशाखाले संयुक्त रुपमा आज (बुधबार) डेंगु सचेतना ऱ्याली आयोजना गरेको छ ।
समुदायमा डेंगु रोगको जोखिम, रोकथाम र नियन्त्रणका उपायहरूबारे जनचेतना फैलाउने उद्देश्यले आयोजना गरेको ऱ्याली वडा भित्रको टोलहरुमा ब्यानर र सचेतनामूलक सन्देशहरू सहित लामखुट्टे नियन्त्रण र सरसफाइको महत्वबारे स्थानीयहरूलाई जानकारी गराएको थिए ।
वडाध्यक्ष सन्तोष बास्तोलाले डेंगु नियन्त्रणको मूल उपाय भनेकै सचेतना भएको बताउँदै प्रत्येक नागरिकले आफ्नो घर वरपर सफा राख्न सुझाए ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीका कोषाध्यक्ष एवंम १२ उपशाखाका समन्यकर्ता मोहनसिंह खड्काले सामूहिक सहभागिताको आवश्यकता औँल्याउँदै सामूहिक प्रयासबिना डेंगु नियन्त्रण सम्भव नभएकोले सबै मिलेर सचेत र सफा समुदाय निर्माण गर्नु पर्ने बताए ।
नेपाल रेडक्रस सोसाइटी १२ उपशाखाका सभापती इन्दिरा पन्तले स्थानीय स्तरबाटै शुरु गरिएको यस्तो अभियानले दीर्घकालीन रूपमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिन ।
कार्यक्रममा वडाका जनप्रतीनिधी एवंम कर्मचारी, स्थानीय आमा समूह, युवा क्लब, टोल विकास संस्था, स्वास्थ्य स्वयंसेविका, नेपाल रेडक्रस सोसाइटीका पधादिकारी र समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
स्वास्थ्य स्वयंसेविका एवंम स्वास्थ्यकर्मीहरूले डेंगुको लक्षण, उपचार र बच्ने उपायबारे प्रष्ट जानकारी दिँदै स्थानीयहरूलाई सतर्क रहन आग्रह गरे ।