नवजात शिशुको हत्यापछि फरार गोविन्द पक्राउ

santan ads

नवजात शिशुको हत्या गरी राजमार्ग छेउमा फालेको अभियोगमा कास्की प्रहरीले शिशुका बाबुलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढी नगरपालिका–५ घर भई हाल पोखरा–९ नागढुंगा बस्ने ३७ वर्षीय गोविन्द लामिछाने रहेका छन् ।

कास्की प्रहरीका अनुसार लामिछानेलाई यही साउन ४ गतेका दिन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट पक्राउ गरिएको हो ।

घटना विवरण अनुसार २०८१ को असोज १३ मा पोखरा महानगरपालिका–१४, चाउथेस्थित पृथ्वी राजमार्गको छेउमा जेब्रा झोलामा रातो र गुलाबी रङको ब्लाङ्केटले बेरिएको अवस्थामा नवजात शिशुको शव फेला परेको थियो ।

शवको पोस्टमार्टम गर्दा घाँटी र टाउकोमा लागेको चोटका कारण शिशुको मृत्यु भएको रिपोर्ट आएपछि प्रहरीले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालेको थियो ।

Scroll to Top