nepali women's u-20 footbal team

नेपालले हारबाट पाठ सिक्न नसक्दा नजिता शुन्य

santan ads

सुरज श्रेष्ठ,पोखरा । हिजोको खेलमा बंगालादेशका सागोरिका एक्लैले ४ गोल गरिन । उनकै गोलको मद्धतले बंगलादेश पाँचौपटक साफ यू–२० महिला फुटबलको उपाधि हात पार्न सफल भयो । हिजो भएको खेलमा नेपाल भने गोल रहित बन्यो ।

हारजित हुनु नौलो कुरा होइन,हार पश्चात पनि पटक पटक सोही किसिमको गल्ति गर्नु हुदैनथ्यो । साफ यु–२० महिला फुटबलमा सोमबार बंगलादेशसंग भएको खेलमा जुन किसिमको गल्ती पहिलाको म्याचमा गरेको थियो । त्यही गल्ती दोहोरिएको देखियो ।

भलै पहिलाको खेलमा बंगालादेश संग ३–२ ले पराजित भएको भए पनि हिजोको खेलमा नेपालका खेलाडीहरु अलि आतिएको,गोल हान्ने भन्दा पनि गोल बचाउन तिर लागेको देखियो । उनीहरुले बल होल्डिङ्ग नै गरिएको देखिएन । खुट्टामा बल पर्ने बितिmकै क्लियर गर्न तिर नै लागे ।

फुटबल खेलमा मिडफिल्डरको भूमिका महत्वपूर्ण हुन्छ । तर हिजोको खेलमा नेपालका मिडफिल्डर बिर्सना चौधरी र समिक्षा मगरलाई लाईट बालेर खोज्न पर्ने थियो । नेपालको डिफेन्स लाईनअप हिजो पनि निकै कमजोर देखियो । स्ट्राइकर मीना देउवा र पुर्णिमा राईको खेल पनि वाउ ! थिएन । जसको कारण नेपालले हार ब्होरर्न पर्यो । नेपालको स्रमग फुटबल कमजोर छैन भन्ने जुन सन्देश विश्वलाई दिने लयमा थियो त्यो ब्रेक लाग्यो ।

हिजोको खेलमा १२औं खेलाडीको भूमिका लगभग शुन्य जस्तै देखियो । फुटबलमा १२औं खेलाडी प्रशिक्षकलाई मानिन्छ । प्रशिक्षकको निर्देशन अनुसार नै खेलाडीे मैदानमा उर्तिएका हुन्छन । खेलमा प्रशिक्षकले आफ्ना विपक्षीका खेलाडीको कौशलतालाई हेरेर आफ्ना खेलाडीहरुलाई तयार पार्न पर्ने हुन्छ । हिजोको खेलमा खेलाडीहरुले खेले पनि प्रशिक्षकको खेल कौशल देखिएन । पहिलो हाफमा १ गोल गरेको बंगलादेशले दोस्रो हाफमा ३ गोल थप्यो ।

डबल राउन्ड रोबिन लिगका आधारमा खेलाइएको प्रतियोगिताको अन्तिम खेल जितेको बंगलादेश ६ खेलबाट १८ अंक जोडेर शीर्ष स्थानमा रह्यो भने नेपालले समान ६ खेलबाट १२ अंक मात्र जोड्यो । बंगलादेश ६ वटै खेल जित्न सफल भयो भने नेपालले दुई खेलमा हार व्यहोर्नुप¥यो । दुवै खेलमा नेपाल बंगलादेशको सिकार भयो । यस्तै, नेपालले ४ जित र १ हारबाट १२ अंक जोडेको छ । नेपालले भुटान र श्रीलंकालाई २–२ खेलमा पराजित गर्दा बंगलादेशसँग भने दुवै खेलमा पराजित भएको थियो ।

सर्वाधिक गोलकर्ता पूर्णिमा राई

नेपालले भुटानलाई ६–१ र ८–० गोलअन्तरले तथा र श्रीलंकालाई दुवै खेलमा ७–० गोलअन्तरले हराएको थियो । प्रतियोगितामा पmेयर प्ले अवार्ड टिम श्रीलंकाले पाएको छ । उत्कृष्ट गोलकिपर बंगलादेशकी मिली अख्तर भइन् । प्रतियोगितामा सर्वाधिक गोलकर्ता नेपालकी पूर्णिमा राई भइन् । उनले १० गोल गरेकी थिइन् ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी बंगलादेशकी मोसम्मत सागोरिका भइन् । उनले अन्तिम खेलमा ४ गोलसँगै जम्मा ८ गोल गरिन् ।
यस हारसँगै नेपाली महिला फुटबलले अत्यन्त सुनौलो अवसर गुमाउन पुग्यो । विश्वकपमा छनोट भएर आफ्नो कला देखाउन नेपाली महिला टोलीले अब थप ४ वर्ष कुर्नुपर्ने भएको छ ।

Scroll to Top