पोखरामा कोरोना संक्रमणबाट एक वृृद्धाको मृत्यु भएको छ ।
कोरोनाको लक्षण देखिएपछि सिपीआर परीक्षणपश्चात् चरक अस्पतालमा भर्ना भएकी वृद्धाको आइतबार मृत्यु भएको प्रादेशिक स्वास्थ्य निर्देशनालय, पोखराले जनाएको छ ।
निर्देशक खिमबहादुर खड्काले नयाँलिपिलाई दिएको जानकारी अनुसार ७० वर्ष माथिकी संक्रमित चरकमा उपचाररत थिइन् । उनी पोखरा ११, फुलबारी निवासी हुन् ।
खड्काका अनुसार असारको अन्तिम साता कोरोनाको लक्षण देखिएको उनमा सुगर र उच्च रक्तचापको समेत समस्या थियो ।
कास्कीमा ५ जनामा कोभिड–१९ को संक्रमित रहेको निर्देशनालयले जनाएको छ ।
फाइल तस्बिर