कास्कीको अन्नपूर्ण गाउँपालिकामा रातभर परेको पानीले वडा ८ स्थित मोदी आधारभूत विद्यालयको २ वटा कोठा पूर्णरुपमा क्षति भएको छ ।
विद्यालयमाथिबाट निकै ठूलो पहिरो गएको बताउँदै पालिका अध्यक्ष विष्णुबहादुर केसीले विद्यालयको २ कोठा पुरै भत्किएको बताएका छन् ।
पहिरोले नजिकैको २ घरमासमेत क्षति भएको छ भने २ जना सामान्य घाइते भएको अध्यक्ष केसीले जानकारी दिएका छन् ।
सोही पहिरो तल सडकसम्म झर्दा घान्द्रुक जाने सडकमार्ग समेत अवरोध भएको छ ।
अन्य क्षतिकाबारे जानकारी लिने काम भइरहेको अध्यक्ष केसीले जनाएका छन् ।
पहिरो बिहान साढे ४ बजे आसापास गएको हो । मौसम विभागले बिहान लुम्लेलगायतका क्षेत्रमा भीषण वर्षा हुने जनाउँदै सतर्कता अपनाउन सूचना जारी गरेको छ ।
-फाइल तस्बिर