सवारी दुर्घटनाबाट औसत दैनिक ७ जनाको मृत्यु, पछिल्लोे आवमा ५९ हजार मुद्धा

santan ads

नेपालमा सवारी दुर्घटनाको अवस्था निकै भयावह रहेको सरकारी तथ्यांकले देखाएको छ।

प्रहरी महानिरीक्षक दीपक थापाका अनुसार आर्थिक वर्ष २०८१/८२ मा देशभर २८ हजार ६९२ वटा सवारी दुर्घटना भएका छन्, जसमा परी २ हजार ५४९ जनाले ज्यान गुमाएका छन्।

यो तथ्यांकले नेपालमा सवारी दुर्घटनाबाट औसतमा दैनिक ७ जनाको मृत्यु हुने गरेको देखाउँछ। दुर्घटनामा सबैभन्दा बढी मृत्यु हुनेमा मधेश प्रदेश रहेको उनले बताए।

संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको शुक्रबार बसेको बैठकमा बोल्दै महानिरीक्षक थापाले गत आर्थिक वर्षको तुलनामा यस वर्ष अपराधका घटनामा पनि वृद्धि भएको जानकारी दिए।

आर्थिक वर्ष २०८०/८१ को तुलनामा आव २०८१/८२ मा अपराधका घटनामा करिब १.२४ प्रतिशतले वृद्धि भएको हो।

तथ्यांकअनुसार, आव २०८०र८१ को असार मसान्तसम्म देशभर ५८ हजार ४७० वटा मुद्दा दर्ता भएका थिए भने आव २०८१र८२ मा यो संख्या बढेर ५९ हजार २४ पुगेको छ।

कुल मुद्दामध्ये सबैभन्दा धेरै १६ हजार १७२ वटा मुद्दा काठमाडौं उपत्यकामा दर्ता भएका छन्। त्यसपछि मधेश प्रदेश र कोशी प्रदेशमा धेरै मुद्दा दर्ता भएका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा छन्।

Scroll to Top