रेबिजबाट नेपालमा वर्षेनी सयको मृत्यु, खोप लगाउन सुझाव

santan ads

कुकुरको टोकाइबाट नेपालमा बर्सेनि करिब एक सय व्यक्तिको मृत्यु हुने गरेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । कुकुरले टोकेपछि रेबिजविरुद्धको सुई नलगाउँदा मानिसको मृत्यु भइरहेको छ ।

शुक्रराज ट्रपिकल अस्पतालका अनुसार ०८० सालमा ६८ हजार ४१५ जना कुकुरले टोकेका बिरामी ओपिडीमा आएका थिए ।

अस्पतालका रेकर्ड अधिकृत समीर अधिकारीका अनुसार २०८० साउनमा चार हजार ८८५, भदौमा चार हजार ४२८, असोजमा चार हजार ७३१, कात्तिकमा पाँच हजार ९९, मङ्सिरमा चार हजार ७५४, पुसमा पाँच हजार ९९, माघमा चार हजार ९३७, फागुनमा चार हजार ९७९, चैतमा छ हजार २६, २०८१ जेठमा छ हजार ४४८, असारमा छ हजार ७४ जना ओपिडीमा भर्ना भएका थिए ।

उनका अनुसार त्यस वर्ष अस्पतालभित्रै रेबिज लागेर १४ जनाको मृत्यु भएको थियो ।

रेबिजबारे जानकारीः

– रेबिज, कुकुर तथा अन्य जङ्गली जनावरहरुको टोकाईबाट मानिसमा सर्ने प्राणघातक रोग हो ।
– टोकेको स्थानमा तुरुन्तै साबुनपानीले कम्तीमा १५ मिनेटसम्म राम्रोसँग धोऔं ।
– सबै उमेरका कुकुरले टोकेपछि तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरी स्वास्थ्यकर्मीको सल्लाह बमोजिम रेबिज विरुद्धको खोप लगाऔं ।

याद राखौं, रेबिज रोग लागेपछि उपचार हुँदैन, तर समयमै रेबिज विरुद्धको खोप लगाउन सकेमा बच्न सकिन्छ ।

Scroll to Top