‘म बुद्धि कम, इमान बढी भएको मान्छे हुँ’ – प्रम ओली

santan ads

प्रधानमन्त्री केपी शर्मा ओलीले आफुमा बुद्धि कम भएको भन्दै इमान भने बढी नै भएको प्रतिक्रिया दिएका छन् ।

पत्रकार विजयकुमार पाण्डेसँग उनको कार्यक्रम दिशानिर्देशमा अन्तर्वार्ता दिनेक्रममा प्रम ओलीले आफुलाई बुद्धि कम भएको तर इमान भएको मान्छे भनि प्रष्ट्याएका हुन् ।

पत्रकार पाण्डेले ‘तपाईको कमजोरीबारे भन्नुहोस् ?, वा कसरी मूल्याँकन गर्नुहुन्छ ?’ भन्ने प्रश्नमा प्रम ओलीले स्वमूल्यांकन गरेका हुन् ।

‘म आफुले हानेको बल सबै गोलमा परिणत हुन्छ भन्दिन’ ओलीले भनेका छन् ‘मेरा पनि गोल मिस हुन्छन्, म त्यस्तो कुनै विशिष्ट खेलाडी होइन ।’

आफुलाई विशिष्ट व्यक्ति, विशिष्ट जानकार नठान्ने भन्दै उनले इमान बढी भएको मान्छे भनेका छन् । कसैलाई पनि विश्वास गरिहाल्ने र धोका पाउने गरेकोसमेत उनले सुनाए ।

करिब पौने २ घण्टा लामो अन्तर्वार्ताबाट लिइएको उक्त भनाई सुरुवाति १५ मिनेटको हो ।

Scroll to Top