‘क्लोजिङ्’को चटारो ! पोखरामा अधिकांश बैंक र सुनचाँदी पसल बन्द

santan ads

आजदेखि आर्थिक वर्ष आर्थिक वर्ष २०८/र८३ सुरुवात भएको छ । साउन १ गतेदेखि सुरु हुने नयाँवर्षको दिन आज पोखराका अधिकांश ठूला भनिने वाणिज्य बैंक र सुनचाँदी पसल बन्दप्रायः छन् ।

आमरुपमा सर्वसाधारणलाई आज कारोबार बन्दजस्तै हुने जानकारी भएपनि अधिकांश सेवाग्राही बैंकबाट सेवा नपाई फर्किएका छन् ।

पोखराका न्यूरोड, चिप्लेढुंगा, महेन्द्रपुलस्थित ठूला बैंकहरुले ‘सिस्टम नचलेको’ भन्दै भोली आउन अनुरोध गरेका छन् । उनीहरुले सिस्टम नचलेको भनेपनि अघिल्लो. आर्थिक वर्षको क्लोजिङ्को चापले सेवा नदिएको प्रष्ट छ ।

न्यूरोडस्थित एसबीआइ बैंकमा पेन्सन झिक्न र अन्य कारोबार गर्न पुगेका सेवाग्राहीलाई बाहिरैबाट सुरक्षा गार्डले आज कतैपनि सिस्टम चलेको छैन, सर्भर डाउन छ भन्दै फर्काइदिएका छन् ।

एसबीआइका अनुसार भोलीदेखि सेवा सुचार हुनेछ । यद्यपि, भोली शुक्रबार भएकाले सेवाग्राहीले सेवा पाउनेमा शंका गर्न सकिन्छ ।

त्यस्तै, बैंकहरु खुल्ला देखिएपनि आज उनीहरुले सर्भर डाउन भएको भन्दै दिउँसो २ बजेतिर चल्नसक्ने भन्दै सेवाग्राहीलाई फर्काएका छन् ।

यही क्षेत्र एवं पृथ्वीचोकआसपास रहेका सुनचाँदी पसलसमेत बन्द रहेका छन् । आजबाट सुनचाँदीमा विलासिता कर लिने सरकारको निर्णयविरुद्ध रहेका व्यवसायीले चर्को विरोध गर्दै आएका छन् भने सरकारले यो अध्ययनका लागि समिति बनाएको छ ।

उक्तआन्तरिक राजस्व विभागका महानिर्देशकलाई पत्र लेख्दै तत्कालका लागि विलासिता कर र भ्याट कार्यान्वयनमा सहयोग तथा समन्वय गर्न अमसर्थ रहेको जनाएका छन् ।

समितिले दिएको सुझावका आधरमा सरकारले करमा केही हेरफेर गर्नसक्ने बताइएको छ ।

यसैगरी मुख्य बजार क्षेत्रमा रहेका हार्डवेयरलगायत नाम चलेका इन्टरप्राइजेजहरु पनि आज बन्द रहेका छन् ।

Scroll to Top