कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ फेदीमा जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् ।
फेदीमा जुवतास खेलिरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको संयुक्त प्रहरी टोलिले ५ जनालाई ७३ हजार ४ सय १० रुपैयाँसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा माछापुच्छ्रे गाउँपालिका–७ बस्ने ४१ वर्षीय बिनोद गुरुङ, ५३ वर्षीय धिरबहादुर गुरुङ, ४७ वर्षीय कृष्णबहादुर गुरुङ, ल्वाङघलेल बसने ४० वर्षीय चन्द्रमान तामाङ र पोखरा २५ बस्ने गंगाबहादुर थापा छन् ।
पक्राउ परेका उनीहरुलई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूरमा जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने मुद्धामा ५ दिनको म्याद थप गरी अनसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।