संसदीय पत्रकार गण्डकीमा बिसनको नेतृत्व

santan ads

संसदीय पत्रकार मञ्च गण्डकी प्रदेश समितिको चौथो अधिवेशनबाट बिसन क्षेत्री अध्यक्षमा निर्वाचित भएका छन् । क्षेत्रीले प्रतिष्पर्धी रोहित पराजुलीलाई ४ मतको अन्तरले पराजित गरे ।

हाल बाह्रखरी अनलाइन न्यूज पोर्टल र ढोरपाटन दैनिकमा आबद्ध क्षेत्रीले कुल २० मत प्राप्त गर्दा सेतोपाटी अनलाइनका रोहित पराजुलीले १६ मत पाए ।

मञ्चको उपाध्यक्षमा कान्तिपुर पब्लिकेसनमा कार्यरत अनुप पौडेल निर्वाचित भएका छन् । उनले सेतोपाटी अनलाइनका युबराज श्रेष्ठलाई १० मतको अन्तरले पराजित गरे । पौडेलले २३ मत प्राप्त गर्दा श्रेष्ठ १३ मतमा सिमित भए ।

कोषाध्यक्ष पदमा राष्ट्रिय समाचार समितिमा कार्यरत ऋषिराम बरालले १९ मतसहित जीत हात पारे । उनले गोर्खापत्र दैनिक र समाधान पत्रिकाका फडिन्द्र अधिकारीलाई पराजित गरेका हुन् । अधिकारीले १७ मत प्राप्त गरे ।

मञ्चको सचिवमा युनिश गुरुङ र सहसचिवमा उमा आले निर्विरोध निर्वाचित भएका छन् । यस्तै, कार्यसमिति सदस्य पदमा दुर्गा राना, विमल तिवारी, अनिता घिमिरे, प्रतीक्षा काफ्ले, सञ्जय रानाभाट र सुवास पौडेल निर्विरोध निर्वाचित भएका छन् ।

Scroll to Top