गण्डकीका मुमलाई काठमाण्डौंमा गुरुङको सम्मान

santan ads

गण्डकी प्रदेशले तमु (गुरूङ) भाषालाई सरकारी कामकाजको भाषाकारूपमा मान्यता दिएपछि यहाँका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे आज काठमाण्डौंमा सम्मानित भएका छन् ।

गण्डकी प्रदेश सभाबाट हालै गुरूङ र मगर भाषालाई सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको थियो। यी दुई भाषाले सरकारी भाषाका रूपमा मान्यता पाएका थिए।

काठमाडौंको गोंगबुस्थित तमु ह्युल छोजं धिं गुरूङ राष्ट्रिय परिषद्को सभाहलमा गुरूङ समुदायले कार्यक्रम गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई सम्मान गरेको हो।

कार्यक्रममा मुख्यमन्त्री पाण्डेले अब गुरूङ भाषासँगै खेमा लिपिलाई पनि प्रयोगमा ल्याइने जानकारी दिए।

यसैगरी तमु ह्युल छोंज धिं (गुरूङ राष्ट्रिय परिषद्का) अध्यक्ष धनमान तमुले मुख्यमन्त्री पाण्डे र गण्डकी प्रदेश सरकारलाई प्रशंसा पत्र प्रदान गरेका थिए।

Scroll to Top