फिफा क्लब विश्वकप फुटबल : उपाधिको लागि चेल्सी र पीएसजी भिड्ने 

santan ads

फिफा क्लब विश्वकप फुटबलमा युरोपियन च्याम्पियन पेरिस सेन्ट जर्मेइन (पीएसजी) ले  उपाधिको लागि भिड्ने पक्का भएको छ। 

स्पेनीस दाबेदार रियल म्याड्रिडमाथि ४-० को एकतर्फी जित निकाल्दै फ्रेन्च जायन्ट पिएसजी फाइनल प्रवेश गरे सङै उपाधिका लागि इंग्लिस क्लब चेल्सी सङ भिड्ने भएको हो । 

अमेरिकाको न्यू जर्सी स्थित मेटलाइफ स्टेडियममा ७७ हजार दर्शकमाझ पूर्व क्लबविरुद्ध केलियन एम्बाप्पेको रियल म्याड्रिड निरिह बनेको थियो।

सेमिफाइनल खेलको २४ मिनेटभित्रै पिएसजीले निर्णायक अग्रता बनाउँदै रियलको सपना चकानाचुर पारिदिएको थियो। रियललाई निरीहर बनाउन २४ मिनेट भित्र ३ गोल गरेको पिएसजी त्यसपछि भने केही थामियो दोस्रो हाफमा उसले अर्को एक गोल गरेको थियो।

खेलको ६ औं मिनेटमै पिएसजीका फाबियन रुइजले गोलको खाता खोलेका थिए । 

नवौँ मिनेटमा डेम्बेलेले अग्रता दोब्बर पारे। खेलमा डेम्बेलेले व्यक्तीगत दोस्रो गोल गर्दा पीएसजीका लागि तेस्रो गोल गरे।

पहिलो हाफमा नै ३-० को अग्रता बनाएको पीएसजीले दोस्रो हाफमा १ गोल थप्यो। खेलको ८७ मिनेटमा रामोसको गोलमा पीएसजीले रियलविरुद्ध ४-० को फराकिलो जित दर्ता गरेको हो।

पीएसजीले अब उपाधिका लागि आइतबार चेल्सीसँग खेल्नेछ।

Scroll to Top