फिफा क्लब विश्वकप :चेल्सी उपाधि नजिक

santan ads

चेल्सी फिफा क्लब विश्वकपको उपाधि नजिक पुगेको छ । मंगलबार राति मेटलाइफ स्टेडियममा भएको सेमिफाइनल खेलमा फ्लुमिनेन्सलाई २–० गोलको अन्तरले पराजित गर्दे चेल्सी उपाधि नजिक पुगेको हो ।

चेल्सीका लागि दुवै गोल जोओ पेड्रोले गरे। उनी यसै सिजन ब्राइटनबाट अनुबन्धित भएका हुन । उनले खेलको १८औँ र ५६औँ मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए।
फाइनलमा चेल्सीले अब रियल मड्रिड र पीएसजीबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। उनीहरुबीचको खेल आज राति हुँदैछ।

Scroll to Top