पोखरा । पोखराको नदिपुरमा आज देखि सुरु भएको क्लबस्तरीय पुरुष भलिबल प्रतियोगितामा लिगचरणको तीन खेल सम्पन्न भएको छ ।
लामा अमृत फाउण्डेशन घान्द्रुकको आयोजनामा पोखराको नदीपुरमा सुरु भएको प्रतियोगिताको लिग चरणको खेलमा घान्द्रुक क्रोम्छे, आधिखोला न्यू दिल्ली र ढुङ्गे देउराली क्लबले विजयी सुरुवात गरेको छ ।
लिगचरणको पहिलो खेलमा घान्द्रुक क्रोम्छे युवा समितिले ढुङ्गे देउराली क्लब पौवेगौवे स्याङ्जालाई ३–० को सोझो सेटमा पराजित ग¥यो ।
घान्द्रुकले ढुङ्गे देउरालीलाई २५–१६, २५–१४ र २५–१७ ले पराजित ग¥यो । घान्द्रुकले पहिलो खेलमा ३ अङ्क जोड्यो ।
दोस्रो खेलमा आधिखोला न्यू दिल्लीले एपिएफ पोखरालाई ३–१ को सेटमा पराजित ग¥यो । प्रतिस्पर्धात्मक बनेको पहिलो सेट २६–२८ ले गुमाएको आधिखोलाले दोस्रो सेटमा २५–२३ ले जित्यो । प्रतिस्पर्धात्मक बनेको तेस्रो सेट २८–२६ले जितेको आधिखोलाले चौथो २५–२० ले जित्यो ।
पहिलो खेलमा जित निकालेको आधिखोलाले ३ अङ्क जोडेको छ ।
यस्तै तेस्रो खेलमा ढुङ्गे देउराली क्लब पौवेगौवे स्यङ्जाले ठकुरी समाज तनहुँलाई पराजित ग¥यो । ढुङ्गे देउरालीले ठकुरी समाजलाई ३–२ को सेटमा पराजित ग¥यो ।
पहिलो सेट २५–२३ ले जितेपनि ढुङगे देउराले दोस्रो सेट २२–२५ र तेस्रो सेट २२–२५ ले नै गुमायो । चौथो सेटमा २५–१८ ले पूनरागमन गर्दै पाँचौ तथा निर्णायक सेट १५–१३ ले जित्यो ।
ढुङ्गे देउराली क्लब पौवेगौवे स्यङ्जाले लिग चरणको पहिलो खेलमा पराजित भएपनि दोस्रो खेलमा जित निकाल्दै २ अङ्क जोडेको छ । यस्तै पराजित भएपनि ठकुरी समाजले १ अङ्कले जोडेको छ ।
आज नै भएको भेट्रान्स तर्फको पहिलो खेलमा माछापुच्छ«े गाउँपालिका विजयी सुरुवात गरेको छ । माछापुच्छ«े गाउँपालिकाले जिएम ब्रोडर्स लामाचौरलाई २–१ को प्रतिस्पर्धात्मक सेटमा पराजित ग¥यो ।
पहिलो सेट १९–२५ ले गुमाएको माछापुच्छ«ेले दोस्रो सेटमा उत्कृष्ट पूनरागमन ग¥यो । दोस्रो सेटमा एक समय ११–२० ले पछाडि परेको माछापुच्छ«ेले २४–२४ को बराबरी गर्दै ३१–२९ को जित निकाल्यो । तेस्रो तथा निर्णायक सेट २५–२१ ले माछापुच्छ«ेले जित्यो ।
प्रतियोगिताको विजेताले १ लाख २५ हजार, उपविजेताले ७५ हजार, तेस्रो हुनेले ३० हजार र सान्त्वना स्थान हासिल गर्नेले १५ हजार रुपैयाँसहति मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् ।
यस्तै भेट्रान्सतर्फको विजेताले ५० हजार र उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिताको विधागतर्फ उत्कृष्ट खेलाडी, स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सेटर,सर्भर, उदियमान खेलाडी र प्रशिक्षकले पुरस्कार प्राप्त गर्नेछन् ।
क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिता राउण्ड रोविनको आधारमा सञ्चालन भइरहेको छ ।
प्रतियोगितामा आयोजना गरिएको भेट्रान्सतर्फका खेल भने नकआउटको आधारमा सञ्चालन भएको छ ।
फाउण्डेशनले २०७५ र ०७६ सालमा पहिलो र दोस्रो संस्करणको प्रतियोगिता सञ्चालन गरेको थियो ।
प्रतियोगिताको उद्घाटन समारोहमा दर्शकलाई निशुल्क प्रवेश रहेपनि भोलिदेखि टिकटको व्यवस्था रहेको आयोजकले जनाएको छ ।