नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी एसियन कप छनोट खेलेर सोमबार बिहान स्वदेश आइपुगेको छ।
उज्वेकिस्तानमा भएको समूह ‘एफ’ को छनोटको खेलमा नेपाल निर्णायक खेलमा पराजित भएको थियो।
प्रतियोगिताकै दौरान कप्तानी भूमिकामा रहेपछि यसबारे विरोध र विविध टिकाटिप्पणी भइरहेका छन् । यस विषयमा टिम क्याप्टेले सावित्रा भण्डारी (साम्बा)ले भनिन्:
‘कप्तान बन्दा चुनौती थियो। सुरुमा विवाद आइरहेको थियो। त्यसैले तीन दिनकै खेलको अघि सुतिन। छुट्टै किसिमको दबाब थियो। तर सबै टोलीका साथीले सहयोग गर्नु भयो ।
कप्तानको विषय हाम्रो टोलीभित्रको कुरा हो। हामीले अहिले एक टोली भएर खेलेका छौं। भोलिको दिनमा यस्तो खालको विवाद नआओस् । हामी सबै २३ खेलाडी नै एक होस् । बाहिर बसेर फुटबल हेर्ने हाम्रो लागि कप्तान सरह नै हुनुहुन्छ। यो छनोटमा मिहिनेत गर्ने सबै खेलाडीले टोलीका लागि लड्नु भयो। उहाँहरु पनि कप्तान हुनुहुन्छ। हामी २३ खेलाडीमा २३ जना नै कप्तान छौं ।
मैले कप्तानको आर्म ब्यान्ड लगाउँदैमा सबै कुरा परिवर्तन गर्न सक्छु भन्ने होइन। सबैको आफ्नो भूमिका हुन्छ। आफ्नो भूमिकामा बसेर देशका लागि प्रतिबद्ध भएर खेल्न सक्यो भने हामी २३ खेलाडीमा २३ नै सक्षम छौं । कप्तानको जिम्मेवारी पाउँदा १०-११ वर्षको करिअरमा खुसी पनि थिए। छुट्टै भूमिका दबाब पनि थियो।’







