नेपालमा कोभिड–१९ को संक्रमण बढ्दै गएको छ । पछिल्लो समयमा नेपालमा कोभिड–१९ को संक्रमण विभिन्न जिल्लामा देखिन थालेको छ ।
ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का अनुसार २०८१ पुस १७ गतेदेखि २०८२ असार १९ गतेसम्म नेपालका ३१ जिल्लामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।
हालसम्म कोभिड–१९ का दुई सय ४९ जनामा कोरोना संक्रमण देखा परेको छ । एक हप्तामा ३५ जनामा कोरोना संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोभिड–१९ बाट एक जनाको मृत्युसमेत भइसकेको छ ।