मेयरको गुनासो ! ३३ अर्बको आयोजना ल्याएको छु, दैनिक १८ घण्टा काम गर्छु, तर …

santan ads

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आज सार्वजनिक सुनुवाइकाक्रममा नागरिकले उठाएका प्रश्नका जवाफ दिएका छन् ।

सुनुवाईमा यसपटक महानगरको काम, कारवाहीबारे नगरवासीका प्रश्न, गुनासा र सुझावलाईसमेत एकत्रित गरिएको छ ।

निष्पक्षरुपमा संकलित गुनासालाई सिटिजन रिपोर्ट कार्ड (सीआरसी)मार्फत सार्वजनिक गरिएको सुनुवाईमा नगरवासीले ‘मेयरले मेसिनजस्तै काम गर्छु भनेको तर आवाजमात्रै ठूलो सुनिएको’ सवालमा मेयर आचार्यले चित्त दुखाए ।

उक्त सवालमा आफ्ना धारणा राख्दै आचार्यले आवाजमात्र ठूलो नभई काम पनि गरिरहेको बताउँदै अबको २ वर्षमा नतीजा सबै सामु आउने दाबी गरे ।

‘म दैनिक १८ घण्टा काम गरिरहेको छु, मेयर आचार्यले भनेका छन् ‘दौडधुप गरेर मुस्किलले ३३ अर्बको आयोजना भित्रयाएको छु, जसले पोखरालाई साँच्चैको महानगर बनाउनेछ ।’

कार्यकालको ३ वर्ष सकिनै लागेपनि उक्त आयोजनाको नतीजा अबको २ वर्षमा स्पष्ट देखिने मेयरले पुनः दोहो¥याएका छन् ।

आफुले कार्यक्षेत्रमा खटेसरह नागरिकबाट भने सोही अनुसारको हौसला नपाएकोप्रति उनले भने ‘रिपोर्ट कार्डले देखाएको नतीजा भने अलि दुखलाग्दो छ ।’

सार्वजनिक सुनुवाईमा पेश गरिएको रिपोर्ट कार्डमा राम्रा भनिएका १८ बुँदा समावेश गरिएका छन् भने सुधार गर्नुपर्ने विषय र सुझावलाई ४० बुँदामा समावेश गरिएको छ ।
यसर्थ, महानगरको हालसम्मको कामलाई ‘ठिकै’ भन्न मिल्ने रिपोर्ट कार्ड जनाउँछ ।

नगरवासीको गुनासामा पोखरा बसपार्क निर्माणमा ढिलासुस्ती, फिर्के मापदण्ड कार्यान्वयन र संरक्षण, पोखरा सभागृहको पूननिर्माण, फेवातालको सिमांकन, सेतीमा गिट्टी बालुवाको टेण्डरलगायत रहेका छन् ।

त्यस्तै, महानगरमा बेरुजुको आंकडा झनै उकालिएकोमा पनि नगरवासीले चिन्ता व्यक्त गरे । महानगरका सूगम वडाले बढी बजेट पाएको र टाढा एवं दूर्गम क्षेत्र समेटिएका वडामा कम बजेट परेको भन्दै असमान वितरण प्रणालीप्रति पनि नागरिकले गुनासो सुनाए ।

सम्पूर्ण प्रश्नको जवाफमा मेयर आचार्यले केही समय कुर्न आग्रह गर्दै सुझावलाई मनन् गर्दे अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

काम विशेषले उपमेयर मञ्जुदेवि गुरुङ अनुपस्थित सुनुवाईमा जनप्रतिनिधि एवं नगरवासीको भने न्यून उपस्थिति रहेको थियो ।

Scroll to Top