काठमाडौं । एएफसी महिला एसियन कप छनोटको दोस्रो खेलमा पनि विजयी भएको छ ।
बुधबार भएको खेलमा नेपालले श्रीलंकालाई ८–० गोलअन्तरले पारजित गर्दै विजयी भएको हो ।
यसअघि नेपालले पहिलो खेलमा लाओसमाथि पनि ९–० को फराकिलो अन्तरको जित हात पारेको थियो । सो खेलमा सावित्राले चार गोल गरेकी थिइन् ।
बुधबार नेपालको जितमा साम्बाले ह्याट्रिकको सफलता प्राप्त गर्दा गीता रानाले २, तथा निशा थोकर, रेखा पौडेल र पूजा रानाले समान १ गोल गरे ।
सन् २०२६ मा अस्ट्रेलियामा हुने एसियन कपको लागि ३४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । ३४ टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । अन्तिम चारमा १२ टोली सहभागी हुनेछन् ।
प्रत्येक समूहको विजेता छनोट हुनेछन् । आयोजक अस्ट्रेलियासँगै चीन, दक्षिण कोरिया र जापान भने छनोट भइसकेका छन् ।