नेपाली चेलीको सानदार प्रदर्शन, लाओसविरुद्द गरे ९ गोल

santan ads

नेपालले एएफसी महिला एसियन कप छनोटको समूह ‘एफ’ अन्तर्गत लाओसमाथि ९–० को सानदार जित हात पारेको छ । 

आज (आइतबार) उज्वेकिस्तानको तास्केन्तमा सम्पन्न खेलमा नेपाली टोलीले समूह चरणको पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगिताको सुखद सुरुआत गर्‍यो । यो जितसँगै नेपालले तीन महत्त्वपूर्ण अंक जोडेको छ । 

आजको खेल नेपाली महिला राष्ट्रिय फुटबल टोलीको इतिहासमै विशेष रह्यो । यही खेलमार्फत नेपालले अन्तर्राष्ट्रिय महिला फुटबलमा एक सय खेल पूरा गरेको महत्वपूर्ण उपलब्धि पनि हासिल गर्‍यो ।

नेपालको फराकिलो जितमा कप्तान सावित्राले चार गोल गर्दा अनिता बस्नेत, सरू लिम्बू, अनिता केसी र रश्मिकुमारी घिसिङले एक/एक गोल गरे । त्यस्तै, एक गोल नेपालले विपक्षी टिमको आत्मघाती गोलमार्फत उपहार पायो ।

नेपालले अब समूह चरणको दोस्रो खेल बुधबार श्रीलंकासँग र अन्तिम खेल शनिबार आयोजक उज्वेकिस्तानसँग खेल्ने तालिका छ । समूहको विजेता टिमले २०२६ मा अष्ट्रेलियामा हुने एएफसी महिला एसियन कपको लागि छनोट हुनेछ ।

Scroll to Top