‘रवि जेलमा हुँदा पनि उनका मान्छे ठगी गर्दैछन्’ –सांसद खतिवडा

santan ads

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य रामहरि खतिवडाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई लक्षित गर्दै उनले केही मान्छेहरुले जेलमा बस्दा पनि ठगी गर्न नछाडेको बताए ।

आज (शनिबार) प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले रविको समूहले ‘जेलमा परेको छु, सहयोग गर्नुस्’ भनेर पैसा उठाउन थालिएको दाबी गरे ।

‘जेलमा बस्दा होस् वा बाहिर हुँदा होस् ठगी गर्ने नछोड्ने प्रवृत्ति बढेको छ । जोसुकै होस्, जेलमा परेको छु, सहयोग गर्नुस् भनेर चन्दा उठाउन थाल्यो भने के गर्नुहुन्छ ? मान्छेहरु यस्ता पनि देखिन थालेका छन्,’– उनले भने ।

‘रास्वपाको हस्ताक्षर अभियानलाई कसरी हेर्नुभएको छ ?’ भन्ने प्रश्नमा उनले भने, ‘हस्ताक्षर गर्न पाइन्छ, ठग्न पाइँदैन । हस्ताक्षर गर्दा पनि चन्दा लिने ? सही पनि गर्न लगाउने, चन्दा पनि देऊ भन्ने ?’

Scroll to Top