६ महिनापछि विन्दा र उषाकिरणको निलम्बन फुकुवा

santan ads

नेकपा एमालेले स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा गरेको छ ।

बुधबार बसेको पार्टीको सचिवालय बैठकले सो निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । गत पुस १० गते बसेको एमाले सचिवालय बैठकले ६ महिनाका लागि जिम्मेवारी खोसेको थियो ।

पार्टी भवन निर्माणका सवालमा दिएको अभिव्यक्तिलाई लिएर एमालेले तिम्सिना र पाण्डेको जिम्मेवारी खोसेको थियो ।

Scroll to Top