कोरोना संक्रमित इलामकी ३९ वर्षीय महिलाको मृत्यु 

santan ads

नयाँलिपि । कोरोना संक्रमित महिलाको नोबेल शिक्षण अस्पतालमा विराटनगरमा इलामकी ३९ वर्षीय महिलाको मृत्यु भएको छ । 

उनलाई मंगलबार बिहान अस्पतालमा भर्ना गरेको थियो । 

मृतक महिलाको ठेगाना इलामको सूर्याेदया नगरपालिका रहेको नोबेल अस्पताल प्रशासनले जानकारी दिए ।

अस्पताल प्रशासनका अनुसार अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा उनको आज बिहान मृत्यु भएको हो ।

मृतक महिलालाई सात दिनअघिदेखि स्वास्थ्यमा समस्या थियो । श्वासप्रश्वासमा समस्या हुने र ज्वरो आउने समस्या बढेपछि सोमबार बिर्तामोडको बिर्तासीटी अस्पतालमा परीक्षण गरिएको थियो ।

परीक्षणका क्रममा कोरोना (कोभिड–१९) संक्रमण भएपछि थप उपचारका लागि विराटनगरको नोबेल अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा महिलाको मृत्यु भएपछि शवलाई प्रहरीको जिम्मा लगाइएको छ ।तस्विर : एआई सिर्जित

Scroll to Top