औषधि व्यवसायीको स्थापना दिवसमा वृक्षरोपण, खेल सामग्री वितरण

santan ads

नेपाल औषधि व्यवसायी संघको स्थापना दिवसको अवसरमा कास्की शाखाले वृक्षरोपण गरेको छ ।

संघको कास्की समितिले आज पोखराको प्रस्याङस्थित पार्कमा वृक्षरोपण गरेको अध्यक्ष धिरज गौतमले जानकारी दिए ।

कार्यक्रममा विभिन्न प्रजातिका बिरुवा, फलफुललगायत ३० बिरुवा रोपण गरिएको निवर्तमान गण्डकी प्रदेश अध्यक्ष कृष्ण प्रसाद पाण्डेले बताए ।

वृक्षरोपणमा संघका प्रदेश र जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

संघले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका विभिन्न रचनात्मक एवं परोपकारका कामहरु गर्ने अध्यक्ष गौतमले जनाएका छन् ।

त्यस्तै, संघको प्रदेश समितिले सोही अवसरमा वडा प्रहरी कार्यालय बैदामलाई खेलकुद सामग्री वितरण गरेको छ ।

Scroll to Top